punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मासु खाएपछि एक्कसी बिरामी परेका वडाध्यक्ष चन्दको निधन

Chaupati
safha napa

कञ्चनपुरको भिमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको छ। पिकनिकमा एक्कासी बिरामी परेपछि अस्पताल पुर्‍याइएका उनको मृत्यु भएको हो।

शुक्रबार वेदकोट नगरपालिका-६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला मासु खाएपछि एक्कासी घाँटीमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्याइएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको बताए।

घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै अन्य कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ। मृतक नेपाली काँग्रेसबाट निर्वाचित थिए।


१४ चैत २०७७, शनिवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु