भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा काेराेना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकै दिनमा पुष्टि भएको संक्रमितको यो संख्या गएको अक्टोबर १८ तारिख पछि कै उच्च भएकाे त्स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीबार भारतमा ५३ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमित संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमणबाट थप दुुई सय ५७ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा १ लाख ६० हजार ९ सय ८३ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

भारतमा सबैभन्दा बढी संक्रमित संख्या भएका राज्यहरु महाराष्ट्रमा २५ लाख ६४ हजार ८ सय ८१ , केरलामा ११ लाख ९ हजार ९ सय ८, कर्नाटाकामा नौ लाख ७५ हजार ९ सय ५५, आन्ध्र प्रदेशमा ८ लाख ९५ हजार १ सय २१ र तमिल नाडुमा ८ लाख ७१ हजार ४ सय ४० रहेको छ । संक्रमित संख्याको आधारमा विश्वमा भारत तेस्रो स्थानमा रहेको छ ।

भारतभन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन् ।


१३ चैत २०७७, शुक्रवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु