सुनको मूल्यमा आज थप ६ सय रुपैयाँ घट्यो
बजारमा सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ८६ हजार तीन सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ८७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावतनै छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१३ चैत २०७७, शुक्रवार १२:१० बजे प्रकाशित












