लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा २ जनालाई प्रहरी पक्राउ गरेको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका २ मा कैलालीको धनगढी उपमहानरपालिका ४ उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही स्थानका २५ वर्षीय बिक्रम बिकलाई लागुऔषध खैरो हिरोइन जस्तो देखिने ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार से ६ प ७८९ नम्बरको मोटरसाइकलमा सवार उनिहरूमाथि शंका लागेर जाँच गर्दा लागुऔषध फेला परेको छ ।

उनिहरू विरूद्ध थप अनुसन्धान भइरहेको उनले बताए।


१२ चैत २०७७, बिहीवार ०८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु