अछाममा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते
अछाममा ट्रयाक्टर दुर्घटना भएको छ ।
बुधबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको से १ द २७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । ट्रयाक्टर सोही गाउँपालिकाको रामारोशन सडकखण्डस्थित सुकीवागमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका चालक शेर बहादुर साउँदको बयालपाटा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले बताए ।
१२ चैत २०७७, बिहीवार ०७:५५ बजे प्रकाशित












