डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन

डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाको राजपुर बस्दै आएका १७ वर्षीय किशोर भीष्मराज भट्ट गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन् ।

केआइसिंह गाउँपालिका वडा नम्बर ६ फलेडी घर भएका उनी राजपुर बस्दै आएका र सोमबार विहान ८ बजेबाट उनका दाजु गणेश भट्टले जानकारी गराए ।

उनलाई कसैले देखे, फेला पारेमा नजिकको प्रहरी चौकी वा सम्पर्क नम्बर ९८४८४७६४२६ र ९८४८५४९०८० मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।


११ चैत २०७७, बुधवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु