बुधबार देशभर १४५ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभरमा कोरोना संक्रमिणको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
बुधबार ९० जना कोरोना संक्रमितबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।
हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ ।
११ चैत २०७७, बुधवार १९:२९ बजे प्रकाशित












