कैलालीमा आंशिक निषेधाज्ञा
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कैलालीले आंशिक निषेधाज्ञा जारी गरेको छ । बुधवार जिल्लामा कुनै भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला हुन नपाउने जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाड रोक लगाइएको हो ।
जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन्। यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ।
कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚ आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले पेस बिकृतीमा उल्लेख गरेको छ ।
११ चैत २०७७, बुधवार १७:३० बजे प्रकाशित












