नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । चैत २५ गते हुन गईरहेको पत्रकार महासंघको चुनावका लागि प्रकाशन गरिएको अन्तिम नामावली प्रति आपत्ती जनाउँदै महासंघको कैलाली शाखामा बुधबार तालाबन्दी गरिएको हो ।

प्रेस मञ्च नेपाल र जनपत्रकार संगठन नेपालले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ कैलालीले नयाँ सदस्यता एकलौटी रुपमा सिफारिस गरेको र सदस्यताका लागि दिएका निवेदनहरुको कुनै पनि सुनुवाई गरेकोले तालाबन्दी गरेको जनाएका छन ।

‘लामो समय देखि क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रुपमा सिफारिस गरि हामीले दिएका निवेदनको कुनै सुनुवाई गरिएको छैन । यसका विरुद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौं’ प्रेस मञ्च नेपालका केन्दीय सदस्य हिमेश विक र जन पत्रकार संगठन नेपालका केन्दीय सदस्य धर्म सिंह विकद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।

माग प्रति सुनुवाई नभए सम्मका लागि तालाबन्दी यथावत रहेन विज्ञप्तीमा उल्लेख गरिएको छ ।विज्ञप्तीमा पत्रकार महासंघको विधि विधानमा रहि काम गर्न र सहमतिय प्रणालिका साथ अगाडी बढ्नको लागि महासंघ जिम्मेवार बन्न समेत आग्रह गरिएको छ । विज्ञप्तीमा निवेदन उपर सुनुवाई नगरे पत्रकार महासंघको तिनै तहको निर्वाचनमा सहभागी नहुने समेत चेतावनी दिईएको छ ।


११ चैत २०७७, बुधवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु