सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव सिंहद्वारा सपथ ग्रहण

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त दीपकबहादुर सिंहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनीसंगै सदस्य अनिल श्रेष्ठ र झलक शाहले पनि सपथ लिएका छन् । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उनीहरुलाई सपथ खुवाएका हुन् ।

कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका थिए । प्रदेश मन्त्रिपरिषदको बैठकले सिंहलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।


१० चैत २०७७, मंगलवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु