अत्तरियाको व्यस्त सडक छेउमै ढल्यो रुख, क्षति टर्यो
कैलालीको अत्तरिया बजारको व्यस्त सडक छेउमा रहेको सुकेको सालको रुख ढलेको छ । गोदावरी नगरपालिका २ अत्तरियास्थित पहाड रोडको सडक किनारमा रहेको सुकेको सालको रुख ढलेको हो ।
साझँको अति नै ब्यस्त समयमा रुख ढलेपनि मानवीय क्षति भने हुन पाएन । रुख ढल्दा संगै रहेका बिजुलीको ट्रान्सफर्मर केही पोलहरुमा क्षति पुगेको छ ।
बिजुलीको ट्रान्सफर्मर केही पोलहरुमा क्षति पुग्दा अत्तरिया आसपासको विद्युत सेवा अबरुद्ध भएको छ । साँझपख पहाड जाने गाडीहरु सोही ठाउँमा रोकिने गरेका छन् ।
यस्तै सोही सडकको आसपास ठेलागाडामा समान बेच्नेहरुको पनि भिड हुने गर्दथ्र्यो । यद्धपी आज भने ठूलो रुख ढल्दा कुनै क्षेति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सो क्षेत्रमा सडक छेउमा अझै थुप्रै सुकेका रुखहरु रहेका छन् । ती रुखहरुले पनि जोखिम थपेको छ ।
६ चैत २०७७, शुक्रवार १९:५५ बजे प्रकाशित













