कञ्चनपुरमा एक पुरुषको शव फेला
कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ ।
शुक्रबार जिल्लाको भिमदत्त नगरपालिका वडा नं – ५ स्थित पुर्ब पश्चिम महाकाली सिचाई नहरको उत्तर तर्फ नहरको किनाराको पानीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार मृतकको खुट्टाको घुडा खुम्चिएर जमिनमा टेकीई दुबै हात र टाउको समेत सोही नहरको जमिनमा टेकिएको र हिलो माटो लागी पानीले भिजी चाउरी परि लेउ लागेको अवस्थामा मृतकको शव फेला परेको छ । उक्त घटना सम्बन्धमा प्रहरीलाई आज सूचना प्राप्त हुँदा तत्काल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान खटिएको टोलीले जनाएको छ ।
६ चैत २०७७, शुक्रवार १८:४४ बजे प्रकाशित













