महिलासँग होटलमा भेटिएका वडाध्यक्ष छुटे

बैतडीमा महिलासँग शंकास्पद रुपमा भेटिएका दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा प्रहरी नियन्त्रणबाट छुटेका छन्।

वडाअध्यक्ष महरा र एक स्थानीय महिला गएराति ३ बजेतिर खोचलेक बजारको एक होटेलमा फेला परेका थिए। वडाध्यक्षलाई उनकै श्रीमतीले होटेलको कोठामा महिलासँग रहेको र नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसपश्चात प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुुसार उनीहरुले प्रहरी केस नगर्ने भनेपछि छुटेका छन । तीनवटै पक्षसँग जिल्ला प्रहरी कार्यालयमै छलफल गरेको बसेको उनले बताए । ‘वडाध्यक्ष, उहाँकी श्रीमती, छोरा र सँगै भेटिएकी महिलाले सहमति गरेर प्रहरी केस गर्दैनौं भने, त्यसपछि हामीले छाड्एको उनले बताए ।

पार्टीको काम र विद्यालयको विषयमा छलफल गर्न सँगै बसेको वडाअध्यक्ष र महिलाले प्रहरीसमक्ष बताएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


६ चैत २०७७, शुक्रवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु