महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्चनपुरबाट पक्राउ
एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको छ । सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई कञ्चनपुरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीं) ले पक्राउ गरेको हो ।
चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पत्रकार सम्मेलन गरी बुढाथोकीलाई सार्वजनिक गर्न लागिएको सीआईबीले जनाएको छ । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको प्रहरीले बताए ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
६ चैत २०७७, शुक्रवार १७:१४ बजे प्रकाशित













