पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७ सय ६६ जना पुगेको छ । हालसम्म २ लाख ७० हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
२१ फागुन २०७७, शुक्रवार १८:२९ बजे प्रकाशित













