बाजुरामा चट्याङ पर्दा २ जना घाईते

बाजुरा : बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ९ को साउद टोलमा चट्याङ पर्दा २ जना घाईते भएका छन् । घरमा बसिरहेका बेला चट्याङ पर्दा दुइ जना घाईते भएका हुन । आज दिउसो पानी परेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा २१ बर्षिया संजा साउँद र ६ बर्षिया आकृती साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाईते दुबै जना अछामको बयालपाटा अस्पतालमा उपचारका लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् ।सोही घर नजिकै रहेको कुखुरा खोरमा रहेका १५ ओटा कुखुरा समेत मरेको प्रहरीले जनाएको छ ।


९ फागुन २०७६, शुक्रवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु