नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप सुरु
धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप शुक्रवार बाट सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भएको चौथो संस्करणको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्नुभएको हो । उद्घाटन अगाडी ट्राफिक चौराहबाट ¥याली समेत निकालिएको थियो ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५र१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ।
एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोडले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ।
९ फागुन २०७६, शुक्रवार ११:१७ बजे प्रकाशित