punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली जिल्ला अदालत बार इकाईको अध्यक्षमा सिद्धराज ओझा विजयी

Chaupati
safha napa

कैलाली जिल्ला अदालत बार इकाईको अध्यक्षमा सिद्धराज ओझा विजयी भएका छन् । शनिवार भएको निर्वाचनबाट ओझा विजयी भएका हुन्।

नेपाल लयर्स एशोसियशनबाट अध्यक्षमा ओझा र सचिवमा प्रेम बहादुर शाही विजयी भएका छन्। अन्य पदमा भने नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले विजयी प्राप्त गरेको छ। कैलाली जिल्ला अदालत बार इकाईमा ९२ भोट भएपनि ओझाले एक भोटले मात्र विजयी हासिल गरेका हुन्।

ओझाका प्रतिद्धन्दी भरतबहादुर सिंह एक भोटले पराजित हुनु पर्यो। नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनबाट उपाध्यक्षमा लेकबहादुर चौधरी,कोषाध्यक्षमा किशोर कुमार चौधरी विजयी भएका छन्।

यस्तै जिल्ला अदालत बार इकाईको सदस्यहरुमा इन्द्र प्रसाद लेखक, पारस बस्नेत, काशीराम चौधरी, सुभाशचन्द्र उपाध्याय, शिवचरण चौधरी, नैनबहादुर बडायक, तारानाथ चौधरी र मिनप्रसाद बोगटी सदस्यमा विजयी भएका छन्।


२ फागुन २०७७, आइतवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु