दार्चुलामा निर्माणाधीन पर्खाल भत्किदा दुई जनाको मृत्यु

दार्चुलाको निर्माणाधीन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ।

शनिबार जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किँदा निर्माणको काममा गरिरहेका मार्मा गाउँपालिका–१ पाकुका अन्दाजी ४५ वर्षीय बलदेव महरा र अपिहिमाल गाउँपालिका –६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामीको मृत्यु भएको हो ।

उनीहरुको काम गरिरहेको बेला नहरको पर्खाल भकिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी गराए।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए।


१ फागुन २०७७, शनिवार १४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु