माइक्रोबसले ट्रकलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु
माइक्रोबसले ट्रकलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ।
शनिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर७ चरौँदीमा भएको दुर्घटनामा २ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।
नवलपरासीबाट काठमाडौं आउँदै गरेको माइक्रोबसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ।
नवलपरासीको देउचुली–१६ की ६० वर्षीया कृष्णकुमारी केसी र सोही ठाउँकी ५० वर्षीया हीरामाया गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी गराए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कायालयले जनाएको छ। प्रारम्भिक अध्यन अनुसार ओभर स्पिडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ।
१ फागुन २०७७, शनिवार १४:२९ बजे प्रकाशित












