कञ्चनपुरमा अबैध कुखुरा बरामद
कञ्चनपुरमा भारतबाट अबैध रुपमा भित्र्याईएको रहेका कुखुरालाई सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरी मातहतबाट खटिएको प्रहरी टोलीले १ सय ९० किलोग्राम बोईलर कुखुरा बरामद गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बोडर आउट पोष्ट जिमुवाबाट खटीएको सशस्त्रको सीमा गस्ती टोलीले अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको ५२ हजार बराबरको कुखुरा बरामद गरेको जानकारी गराए।
बरामद गरेको कुखुरा पशुक्वारेन्टाईन कार्यालय गड्डाचौकीमा नष्ट गरिएको उनले बताए।
१ फागुन २०७७, शनिवार १२:१२ बजे प्रकाशित












