कैलालीमा बाघको आक्रमणबाट एकजना घाइते

कैलालीमा बाघको आक्रमणमा परि एक जना घाइते भएका छन्।

शुक्रबार विहान जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई बाघले आक्रमण गरि घाइते बनाएको हो।

स्थानीय सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरि घाइते बनाएको स्थानीय अजित चौधरीले बताए।

घाइतेको अवस्था खतरामुक्त रहेको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए।


३० माघ २०७७, शुक्रवार ११:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु