भालु सम्झेर भाईले गोली चलाउँदा दाईको मृत्यु
दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिल्लाको दाङ गढवा गाउँपालिका – २ चिमचिमे तिलतिले डाडाँ बस्ने बर्ष २७ को सुर्यबहादुर राना थापामगरले हानेको गोली लागेर उनका सहोदर दाजु ३९ बर्षका ईन्द्रबहादुर राना थापामगरको ज्यान गएको हो ।
दाजुभाई सिकार खेल्न जंगलमा गएका बेला भाईको गोली लागेर दाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । भाइले हानेको गोली बाँया हातको काखी मुनि लागेर दाजुको घटनास्थलमै मुत्यु भएको थियो ।
भरुवा बन्दुकसहित भाइ सुर्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भालु आएको जस्तो मानेर हानेको गोली दाजुलाई लागेको सूर्यले प्रहरीलाई बताएका छन् ।
२९ माघ २०७७, बिहीवार १७:३२ बजे प्रकाशित












