फकाएर १३ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ
गुल्मीमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा प्रहरीले जिल्लाको मालिका गाउँपालिका –४ अर्खबाङ्गका २९ वर्षीय जगतबहादुर रानालाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार उनले मदाने गाउँपालिका –४ म्यालपोखरीकी १३ वर्षीया बालिकालाई माघ २६ गते बलात्कार गरेका थिए । तर उजुरी भने जिल्ला प्रहरी कार्यालय, गुल्मीमा शुक्रबार मात्रै दर्ता भएको थियो । सोही उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
राना म्यालपोखरीकै विद्यालय बनाउनको लागि मजदुरको रुपमा कार्यरत थिए । सोही क्रममा बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
२९ माघ २०७७, बिहीवार १५:५४ बजे प्रकाशित












