नेकपा नेतृ झाँक्रीको रिहाइको माग गर्दै विद्यार्थीहरुले गरे प्रदर्शन

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका छ । बानेश्वरको मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् ।

अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको छ । पक्राउ अगाडि पनि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।

अखिलका नेता सुदेश पराजुलीले तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिएको बताए ।


२९ माघ २०७७, बिहीवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु