नेता थापाको आक्रोश– सरकार झ्यालखानाको संख्या थप
नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेसका युवा नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।
केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै नेता थापाले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
उनले द्विटमा लेखेका छन्, सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’
२९ माघ २०७७, बिहीवार १३:५४ बजे प्रकाशित












