भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
महिला मानवअधिकारकर्मीले बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्यारालाई तत्काल पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।
महिला मानवधिकारकर्मीले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । हत्यारालाई तत्काल पत्ता लगाएर कारबाही गर्न माग गर्दै अहिले विभिन्न ठाउँमा आन्दोलन भइरहेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको गत बिहीबार बलात्कार गरी हत्या गरिएको अवस्थामा जंगलमा शव भेटिएको थियो । घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना भएको छैटौं दिनसम्म पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
२७ माघ २०७७, मंगलवार १५:३९ बजे प्रकाशित












