सीता एयरद्वारा सुदूरपश्चिमका चार विमानस्थलमा परीक्षण उडान, साँफेबगर एयरपोर्ट सहज
सीता एयरले सुदूरपश्चिम प्रदेशका विभिन्न चारवटा विमानस्थलमा परीक्षण उडान गरेको छ ।
डोटीको दिपायल, बझाङको चैनपुर, अछामको साफेबगर र बैतडीको पाटनमा परीक्षण उडान गरेको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको विमानस्थलमा यसअघि पनि परीक्षण गडान गरिएको थियो ।
प्रदेश राजधानीसँग सुदूरका पहाडी जिल्ला जोड्नका लागि डोटी,अछाम र बैतडीको पाटनलगायतका जिल्ला उडान भएको सिता एयरका वरिष्ठ महाप्रबन्धक परीक्षण घनश्याम भुषालले बताए ।
नागरिक उड्यन प्राधिकरणलाई उडान परीक्षणको प्रतिवेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भुषालले बताए । सुदूरका पहाडि जिल्लामा रहेका एयरपोर्टमध्ये साँफेबगर एयरपोर्ट उडानका लागि सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लामध्ये अछाममा दुईवटा एयरपोर्ट रहेको छन् । साँफेको एयरपोर्ट संचालनमा रहेको छ भने कमलबजारमा रहेको एयरपोर्ट संचालनमा आउन सकेको छैन।
२७ माघ २०७७, मंगलवार १५:०६ बजे प्रकाशित












