punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइपीएलको अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस

Chaupati
safha napa

नेपाल क्रिकेट संघ (क्यान) ले इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस गरेको छ।

क्यानले शुक्रबार सन्दीप लामिछानेसहित आठ खेलाडीको आइपीएल २०२१ को अक्सनका लागि पठाएको हो।

क्यानले पठाएको सूचीमा सन्दीप, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी छन्।

क्यान पठाएको नाममध्ये सन्दीपले तीन सिजन आईपीएल खेलिसकेका छन्। सन्दीपलाई दिल्ली क्यापिटल्सले यसै सिजन रिलिज गरेको हो। बाँकी खेलाडी आइपीएल खेलेका छैनन्।

फेब्रुअरी १८ मा हुने नयाँ सिजनको अक्सनका लागि एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। त्यसमध्ये भारतका ८१४ जना रहेका छन्।


२४ माघ २०७७, शनिवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु