सभामुखद्वारा संवैधानिक निकायका नियुक्ति ‘फिर्ता’

सभामुख अग्‍निप्रसाद सापकोटाले संवैधानिक परिषद्‍ले विभिन्‍न आयोगमा नियुक्‍तिका लागि पठाएको सिफारिस फिर्ता पठाएका छन् ।

संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र सभामुखले आज फिर्ता पठाएका हुन् ।

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाएको थियो ।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि बैठक बस्‍न सक्नेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । पुस ३ गते संवैधानिक परिषद्ले विभिन्‍न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।


१८ माघ २०७७, आइतवार १६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु