punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई उपमहानगरको साथ

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरिरहेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा आगामी चैत ७ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो ।

उपमहानगरपालिकाले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनाको तयारी थालेको दोस्रो संस्करणका लागि धनगढीका उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड र मञ्चका तर्फबाट महासचिव प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था रातो किताबमै गरेका थियौं । उहाँहरुले तयारी थालेपछि हामीले सहमति मात्रै जनाएका हौं ।’ मेयर ओडले भने–‘कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको थियो । आगामी वर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्डको बजेटलाई निरन्तरता दिनेछौं । अहिलेको भन्दा अझ थप गरेर दिनेछौं ।’

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए । नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो ।

स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको थियो । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणको तयारी सुरु भएको छ । २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिइएको थियो ।

पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।


७ माघ २०७७, बुधवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु