punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आधुनिकताको प्रभाव : सुदूरपश्चिममा लोप हुँदै पानीघट्ट

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन्।

केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन्। अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन्।

पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे। अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिए।

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका हजारौं सङ्ख्यमा रहेका पानीघट्ट प्रयोग बिहीन रहेका र उक्त घट्टलाई नयाँ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ। पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो।

अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन्। मिलमा कुटानीपिसानी गरेबापत प्रति किलोको चारदेखि पाँच रुपैयाँसम्म रकम दिनुपर्ने पर्दछ।

अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानीघट्ट चलाउँदै आएकी गन्यापधुरा –५ की कमला ताम्राकारले बताइन।

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ। मिलमा भनेकै समयमा कुटानीपिसानी हुने भएकाले पानीघट्ट प्रयोग गर्नको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नु परेपछि पानीघट्ट लोप हुन लागेका ताम्राकारको भनाइ छ। सुदूरपश्चिम पहाडी जिल्ला डडेल्धुरामा करिब १०० पानीघट्ट रहेकामध्ये हाल एक दर्जन मात्र घट्ट सञ्चालन भइरहेका छन्।

यस्तै बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सयौं घट्टहरु आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका, ६ र ७ मा रहेका अधादर्जन घट्ट अहिले बन्द अवस्थामा रहेका अमरगढी नगरपालिका–७ का कमल साहुले बताए।

घट्ट सञ्चालन गर्ने सञ्चालकलाई सुदूरपश्चिमको भाषामा ९भग्या० अर्थात पीठो पिसानीपछि पैसाको सट्टा केही भाग पीठो ९माना पाथी० माग्ने घट्ट सञ्चालको नाम भग्या भनेर पनि चिनिने नाम अझै छन्। तर घट्ट भने लोप हुने अवस्थामा पुगिसकेको उनले बताए।


५ माघ २०७७, सोमवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु