punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलन मस्क बने विश्वकै धनी व्यक्ति, जेफ बेजोसलाई उछिने

Chaupati
safha napa

एमाजोनका संस्थापक जेफ बेजोसलाई उछिन्दै टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि मस्कले बजोसलाई पछि पारेका हुन् ।

एमाजोनको शेयर मूल्य करिब २ प्रतिशतले बढ्दा बजोसको सम्पत्ति ३ अर्ब डलर बराबर मात्र बढेको बताइएको छ । तर मस्कको सम्पत्ति एकै दिन १० अर्ब डलर बराबर बढेर करिब १९१ अर्ब डलर पुगेको हो ।

अहिले मस्कको सम्पत्ति बेजोसको भन्दा ३ अर्ब डलर बराबर बढी रहेको छ । यसअघि लामो समयसम्म संसारको सबभन्दा धनी मानिसको सूचीमा रहेका बिल गेट्स अहिले तेस्रो स्थानमा रहेका छन् ।

ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १३२ अर्ब डलर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको टेस्लाले विद्युतीय कार उत्पादन गर्दै आइरहेको छ ।


२४ पुस २०७७, शुक्रवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु