punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार जोशीलाई कुटपिट गर्ने पक्राउ

Chaupati
safha napa

रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशीमाथि कुटपिट गर्ने सुवास बमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महेन्द्रनगर बजार परिसर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए । मंगलबार घटना पछि फरार रहेका बमलाई दुई दिनपछि पक्राउ परेका हुन ।

शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बमले कुटपिट गरेका थिए।

उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा त,मा,मु, खाते पत्रकार भनी एक्कासी गालीगलौच गर्दै कुटपिट गरेका थिए ।


२१ पुस २०७७, मंगलवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु