punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ रिजल्ट माघ पहिलो साता आउने

Chaupati
safha napa

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ। यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएका छ।

परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा (इन्ट्री) भइरहेको बोर्डले बताएको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको जानकारी गराए। त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको उनले जानकारी गराए।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनले बताए। ढिलोमा माघ पहिलो सातासम्म नतिजा आउँने सदस्यसचिव अर्यालले बताए।

यस वर्षको कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म चलेको थियो। परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए।

कोरोना महामारी कारण लामो समय परीक्षा हुन सकेको थिएन। गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो।


२१ पुस २०७७, मंगलवार १४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु