देशभर थप ४२१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?
पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।
हाल संक्रिय संक्रमितको संख्या ५४८७ छ। उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
१९ पुस २०७७, आइतवार १७:१० बजे प्रकाशित












