प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

कैलालीको धनगढी उपमहानगरपालिका २ जुगेडामा भएको प्रहरी हत्याकाण्डका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार भनिएका सुकबहादुर भन्ने अमर रानालाई सार्वजनिक गरेको हो।

धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय रानालाई आइतबार राति फुलबारी क्षेत्रबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बाँकी आठ जना यसअघि नै पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

गएको कार्तिक १ गते जुुगेडामा तरकर गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद हत्या गरेर नदीमा फालिएको थियो ।

गस्तीमा गएका प्रहरी विहानसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजतलास गर्दा उनीहरूको शव मोहना नदीमा भेटिएको थियो । असई बिकको शव सोही दिन भेटिएको थियो भने प्रजवान साउदको शव दुई दिनपछि नदी भित्रै गाडिएको अवस्थामा फेला परेको थियो ।


१३ पुस २०७७, सोमवार ११:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु