एक हजार खरका छाना बाजुरामा विस्थापित गरिँदै
एक हजार खरका घरको छाना विस्थापन हुने भएको छ ।
यस आर्थिक वर्षमा संघीय सरकार शहरी विकास मन्त्रालयको योजनाअनुसार बाजुराका खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने भएको हो ।
आर्थिक अवस्था कमजोर भएर खर वा फुसका प्रयोग गरेका घरलाई विस्थापन गरेर जस्तापाता लगाउने गरी सघन शहरी तथा भवन निर्माण इकाई डोटीले काम सुरु गर्ने भएको प्रतिनिधिसभाका सांसद लालबहादुर थापाले बताए ।
खरले छाएको घरमा आगलागीलगायतका विपद् हुने भएकाले बाजुरामा जस्तापाता लगाउने गरी गरिब, असहायलगायतका विपन्न नागरिकका घर पुनर्निर्माण हुने सांसद थापाले बताए ।
१२ मंसिर २०७७, शुक्रवार १६:०७ बजे प्रकाशित































