punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी  घाइते

Chaupati
safha napa

 

कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान् र छोरी गम्भीर घाइतेएक महिलाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर वडा नम्बर ३ वाणी देखतभुली मार्गमा से १त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र छोरी ममता गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । बाबु र छोरीको दुर्घटना परि घाईते भएको प्रवक्ता थापाले बताए ।दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । ट्र्याक्टर र चालकलाई शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का लक्की रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


७ मंसिर २०७७, आइतवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु