थप १९४६ जनामा कोरोना संक्रमण, २५०३ जना संक्रमणमुक्त

नेपालमा आज थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी २ हजार ५ सय तीनजना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । योसंगै शनिबारसम्म निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


२९ कात्तिक २०७७, शनिवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु