घरमा सुतिरहेकी युवतीलाई बलात्कार गर्ने प्रयास, एक जना पक्राउ
स्याङ्जाको अर्जुनधारा गाउँपालिकामा एक १९ वर्षीया युवतीलाई राति सुतिरहेको बेला बलात्कार प्रयास भएको छ ।
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही गाउँपालिकाको वडा नम्बर–३ गहतेका २७ वर्षीय खेमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । खातीले ती महिलालाई सोमबार राति घरमै सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।
खेम बहादुरलाई जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
२७ कात्तिक २०७७, बिहीवार १६:३० बजे प्रकाशित














