थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार १ हजार १८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।
२७ कात्तिक २०७७, बिहीवार १६:५३ बजे प्रकाशित













