धनगढीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट धनगढीमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएका उनलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई शुक्रबार अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


२४ कात्तिक २०७७, सोमवार ११:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु