भारतीय सेना प्रमुखको भ्रमणमाथि भारतीय दूतावासले दियो यस्तो प्रतिक्रिया

भारतीय सेना प्रमुखको आउँदो भ्रमण प्रति भारतीयदूतावासले सकारात्मक प्रतिक्रिया दिएको छ ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको नोभेम्बर ४ देखि हुने ३ दिने भ्रमणलाई संकेत गर्दै भारतीयदूतावासका प्रवक्ता नविन कुमारले यसलाई विषेश भ्रमण भएको बताएका छन् ।

दुई देशको सेनाको परम्परागत बन्धन सहित दुई देशको सेनाको मित्रता गहिरो हुने विश्वास उनले गरेका छन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन् ।


१८ कात्तिक २०७७, मंगलवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु