काठमाडौंमा ११ वर्षीया बालिकामाथि बलात्कार

काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्।

भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो।उनलाई उनको डेराबाट पक्राउ गरेको थियो।

‘अन्सारी र बालिकाकी बुवा एउटै ठाँउमा काम गर्ने हुन्,’वृत्तका डिएसपी दीपक खड्काले भने।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

 


१८ कात्तिक २०७७, मंगलवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु