आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो ।

हिजो बुधबार पनि सुन तोलामा ६ हजार ३०० सय रुपैयाँले घटेको थियो ।

आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


३ मंसिर २०८३, बिहीवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु