आजदेखि मौसममा सुधार
काठमाडौँ। मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण सुरु भएको वर्षामा आइतबार (आज) देखि सुधार हुने भएको छ । मनसुन पूर्वी नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हँदा ठुलो वर्षाको सम्भावना कम देखिएको हो ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले शनिबार कोशी, मधेश र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लागेकाले घाम कम लागेको जानकारी दिनुभयो । साथै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको उहाँले बताउनुभयो ।
उहाँले सोमबारदेखि देशैभर मौसम सफा भई घाम लाग्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब ठुलो वर्षाको सम्भावना छैन ।” गोरखापत्र
२५ असोज २०८३, आइतवार ०६:५२ बजे प्रकाशित












