कैलालीमा बलात्कार आरोपमा युवक पक्राउ
धनगढी।कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–८ सोनपुरमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।
२५ चैत २०८२, बुधवार ०८:५२ बजे प्रकाशित













