सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध

धनगढी। सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। महासंघको हालै सम्पन्न अधिवेशनबाट कुँवर सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

यसअघि कुँवर कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्षको रूपमा दुई कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए । व्यवसायीहरूको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तिकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको अनुभव, नेतृत्व क्षमता र व्यवसायीहरूबीचको लोकप्रियताका कारण प्रदेश महासंघको नेतृत्वमा पनि सर्वसम्मत रूपमा चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष कुँवरले सुदूरपश्चिम प्रदेशमा उद्योग, व्यापार तथा लगानीको वातावरण सुधार गर्दै निजी क्षेत्रको सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रदेशको आर्थिक विकासमा महासंघलाई प्रभावकारी बनाउने उनको योजना रहेको छ।


२२ चैत २०८२, आइतवार २३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु