punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले बाजुराको चार पालिकामा भेडा पालन गर्न आर्थिक सहयोग गर्ने

Chaupati
safha napa

बाजुरा। सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको चार स्थानीय तहमा भेडा बाख्रापालन गर्न आर्थिक सहयोग गर्ने भएको छ। किसानलाई लक्षित गर्दै सरकारले कृषकलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने भएको हो।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताएका छन्।

शनिवार बाजुरामा आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उनले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन्।

मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए। उनले यहाँका भेडा बाख्रापालक कृषकलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताए।

मन्त्री थापाले भने, ‘निजी क्षेत्रलाई नजोडि समृद्धि सम्भव छैन। त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ। पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ।’

सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेशकुमार शाहीले जिल्लाको भेडा, बाख्रापालनको सम्भावनालाई प्राथमिकता राख्दै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम अगाडि बढाउन लागिएको बताए ।रासस


२२ चैत २०८२, आइतवार १२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु